नेपाल–भारत सीमामा कडाइको असर स्नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
३० चैत्र, २०८२, सोमवार
- नेपालतर्फ भारतीय सवारी साधनमाथि निगरानी र कडाइ सुरु भएपछि त्यसको प्रतिउत्तरमा भारतीय पक्षले पनि नेपाली सवारी साधनलाई इन्धन दिन छाडेको छ ।
रौतहट: नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूको दैनिकीमा पर्न थालेको छ।
नेपालतर्फ भारतीय सवारी साधनमाथि निगरानी र कडाइ सुरु भएपछि त्यसको प्रतिउत्तरमा भारतीय पक्षले पनि नेपाली सवारी साधनलाई इन्धन दिन छाडेको छ ।
भारतको वैरगनिया क्षेत्रस्थित नन्दबारा नजिकका पेट्रोल पम्पहरूले ‘नेपाली नम्बर प्लेटका सवारीलाई पेट्रोल नदिइने’ भन्दै स्पष्ट सूचना नै टाँस गरेका छन् । यसले परापूर्वकालदेखि चल्दै आएको सहज आवतजावत र किनमेलको परम्परामा बाधा पु¥याएको छ ।
गौरका स्थानीय शिव शंकर मिश्राका अनुसार, पहिले सीमापारि गएर इन्धन र दैनिक उपभोग्य सामग्री ल्याउन सहज थियो ।
तर अहिले नेपाली सवारीलाई इन्धन दिन अस्वीकार गरिनुले दुई देशबीचको ‘रोटी–बेटी’ सम्बन्धमा नकारात्मक सन्देश गएको उनको बुझाइ छ । उनले आगामी दिनमा खाद्यान्नलगायत अन्य सामग्रीमा पनि यस्तै प्रतिबन्ध लाग्न सक्ने आशंका व्यक्त गरे।
यस्तै, दुर्गा भगवती गाउँपालिका–१ का एक स्थानीयले आफ्नो पीडा सुनाउँदै भने, ‘भारतबाट आफन्त लिएर फर्कंदा बाटोमै पेट्रोल सकियो । नजिकैको पम्पमा जाँदा नेपाली नम्बर प्लेट भएकै कारण तेल दिइएन। बाध्य भएर मोटरसाइकल धकेल्दै बजार पुगेर बोतलमा तेल किनेर यात्रा पूरा गर्नुप¥यो ।’
नेपाल र भारतबीचको मूल्य अन्तर पनि यो कडाइको एउटा मुख्य कारण मानिएको छ। भारतमा पेट्रोलियम पदार्थ नेपालको तुलनामा झण्डै ५० रुपैयाँ प्रतिलिटर सस्तो छ। सस्तो इन्धनको फाइदा उठाउँदै नेपालतर्फ तस्करी हुन सक्ने र आफ्ना नागरिकका लागि मौज्दात जोगाउन भारतले यस्तो कदम चालेको हुनसक्ने विश्लेषकहरू बताउँछन्।
अर्कोतर्फ, नेपालले भारतीय सवारीमाथि भन्सार र प्रवेशमा कडाइ गरेपछि त्यसको ’काउन्टर’ स्वरूप भारततर्फ यस्तो व्यवहार देखिएको स्थानीयको दाबी छ ।
भारतको वैरगनियास्थित ‘हिन्दुस्तान’का पत्रकार राजकपुरका अनुसार सीमा क्षेत्रको व्यापार नेपाली ग्राहककै भरमा चलिरहेको अवस्थामा यस्तो व्यवहारले दुवै पक्षलाई घाटा पुग्ने देखिन्छ। उनले यस समस्यालाई दुई देशका सरकारले कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
समन्वयको अभाव र सीमा नीतिमा आएको फेरबदलले गर्दा खासगरी मधेश प्रदेशका सीमावर्ती नागरिकहरू मारमा परेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।